• The Public Today
  • घरमै बसेर ईद उल फित्र मनाऔं : प्रधानमन्त्री


    जेठ १२ गते : घरमै बसेर ईद उल फित्र पर्व मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ईद उल फित्रको शुभकामना दिँदै विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउन जोड दिएका छन् ।

    प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त देश भएको दोहोर्याउँदै यी विशेषता नेपालको बहुआयामिक र मौलिक पुँजी भएको बताएका छन् । एकता र सहिष्णुताको यो पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

    आज मुस्लिम धर्मावलम्बीहरू ईद उल फित्र मनाइरहेका छन् । अरबी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ । यस महिनाभर इस्लाम समुदायले बस्ने व्रतलाई रोजा भनिन्छ । रमदान अवधिभर रोजा बसी नमास पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि समापन गर्ने प्रचलन छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस