• The Public Today
  • कोरोना संक्रमितको संख्या विश्वमा ५५ लाख ८२ हजार


    जेठ १३ गते : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८२ हजार ३७० मा देखिसकेको छ । कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ ।

    संक्रमित मध्ये २३ लाख ६१ हजार ४३ निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

    यसमध्ये ५३ हजार १६७ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट जनवरीको सुरुमा फैलिएको कोरोना भाइरस अहिले विश्वमा २१५ देशमा पुगिसकेको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस