जनकपुरको आइसोलेसनबाट भागेका संक्रमित पक्राउ

गोविन्द महतो
जनकपुरधाम, जेठ १३ गते : जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित पुरुषलाई सर्लाहीबाट पक्राउ गरिएको छ। शनिबार राति फरार भएका संक्रमित सर्लाही धनकौलस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।

आइतबार राति अस्पतालको झ्याल फोडेर भागेका ४५ वर्षीयसंक्रमित पुरुष खोजबिनका क्रममा सोमबार आफ्नै घरमा फेला परेका हुन् । उनलाई पक्राउ गरी सर्लाहीबाट फेरी उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा ल्याइएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । ती संक्रमितको सम्पर्कमा गएकाहरुको कन्ट्याक्ट् ट्रेसिङको काम भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ।

मानसिक रोगी समेत रहेका ती उनी आइसोलेशनको झयालबा भागेर पैदलै घर पुगेका प्रहरीले जनाएको छ। यसअघि पनि उनलाई पीसीआर परीक्षण गर्न स्वाब लिने क्रममा भागेपछि प्रहरीले नियन्त्रणमा लिइ पुनः आइसोलेसनमा ल्याएको थियो । उनले अस्पतालल भर्ना भएदेखि आइसोलेसनमा अनियन्त्रित व्यवहार गर्दै आएका थिए ।