• The Public Today
  • किन गहिरिँदै भारत-चीन विवाद ?


    भारत चीनलाई नेपालमा आफ्नो प्रभाव कम गर्ने सन्देश दिन ताइवानमा आफ्नो पहुँच बढाइरहेको छ

    जेठ १४ गते : कोरोनाभाइरस महामारीको संक्रमण फैलिएसँगै अमेरिका-चीन सम्बन्धमा दरार पैदा भएसँगै भार-चीन विवाद पनि गहिँरिदै गएको छ । कोरोना महामारीकै बीच अप्रिलमा भारतले प्रत्यक्ष विदेशी लगानी (एएफडीआई) का प्रावधानमा परिवर्तन ल्याएपछि भारत-चीन सम्बन्धमा समस्या उत्पन्‍न भएको हो ।

    कोभिड-१९ का कारण भारतीय कम्पनीलाई चिनियाँ कम्पनीले टेकओभर गर्नसक्नै त्रासका कारण भारतले एफडीआईमा परिवर्तन गरेको थियो । महामारीकैबीच एक चिनियाँ बैंकले एक भारतीय कम्पनीलाई १ दशमलव ०१ प्रतिशत शेयर खरिद गरेपछि भारतलाई चिन्ता थपिएको हो ।

    कांग्रेस नेता राहुल गान्धीले यसप्रति चिन्ता व्यक्त गर्दै १२ अप्रिलमा ट्विटमार्फत एएफडीआईका प्रावधान परिवर्तन गर्न सरकारलाई सुझाएका थिए । भारतले सरकारले एएफडीआई आउनुअघि भारत सरकारको अनुमति लिनुपर्ने प्रावधान बनाएको थियो । यसअघि यो नियम पाकिस्तान र बंगलादेशी लगानीलाई मात्र लागु गरिएको थियो ।

    भारतको यस कदमप्रति चीनले आपत्ति जनाएको थियो । उसले विदेशी लगानीको अन्तर्राष्ट्रिय नियम विपरीत भएको बताएको थियो ।

    कोरोनाको उत्पत्तिको अनुसन्धानमा भारतको समर्थन 

    पछिल्ला केही महिनादेखि कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ । यस विषयलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को वर्ल्ड हेल्थ एसेम्ब्लीमा समेत उठाइएको थियो । भारतले चीनमा कोरोना भाइरस उत्पत्तिको विषयमा समर्थन गरेको थियो ।

    अनुसन्धानको विषयलाई लिएर वर्ल्ड हेल्थ एसेम्ब्लीमा एक प्रस्ताव पेश गरिएको थियो । जसलाई भारतलेसमेत समर्थन गरेको थियो । उक्त प्रस्तावमा कोरोना भाइरसको उत्पत्तिको निष्पक्ष जाँच गर्नुपर्ने माग गरिएको थियो ।  चीनले समेत कोरोना उत्पत्तिको जाँचलाई सहमित दिएको थियो ।

    ताइवान : शपथ ग्रहण समारोहमा भारतीय सांसद उपस्थित

    ताइवानका राष्ट्रपति साई इंग-वेनले आफ्नो दोस्रो कार्यकालका लागि गत बुधबार शपथ ग्रहण गरेकी थिइन् । उक्त समारोहमा दुई भारतीय सांसदसमेत सहभागी थिए ।  भारतीय सत्तारुढ दल बिजेपीका सांसद मिनाक्षी लेखी र राहुल कासवानसमेत भर्चुअलमाध्यमबाट उक्त शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारकातर्फबाट राष्ट्रपतिलाई शुभकामनासमेत दिएका थिए ।

    जानकारहरुका अनुसार मोदी नेतृत्वको भारत सरकारले ताइवानलाई राष्ट्रपतिको शपथ ग्रहण समारोहमा उपस्थित भएर ताइन स्वतन्त्र र सम्प्रभु मुलुकको रुपमा ग्रहरण गरेको बताइएको छ । तर, चीनले ताइवानलाई स्वतन्त्र र सम्प्रभु मुलुक मानेको छैन । यद्यपि राष्ट्रपति साई इंग-वेनलेसमेत ताइवान एक स्वतन्त्र मुलुक भएको बताउँदै आएकी छन् । उनले ताइवान ‘वान-चाइना’ को हिस्सा नभएको बताएकी छन् । चीनले भारतको यस गतिविधिलाई लिएर आपत्ति जनाएको थियो ।

    चीनले ताइवान आफ्नो अधिनस्थ क्षेत्र मानेको छ भने आवश्यक परेमा शक्ति परिचालनमार्फत कब्जा गर्नसकिने बताउँदै आएको छ ।  यस विषयमा सिटी युनर्भसिटी अफ लन्डनका रिसर्च फेलोसमेत रहेका चीन मामिलाका जानकार अतुत भारद्वाजले भारतले आफू चीनसँग खुसी नभएको सन्देश दिन चाहेको बताएका छन् ।

    उनले भने, “भारत चाहन्छ कि नेपालजस्ता मुलुकहरुमा चीन आफ्नो प्रभाव नराखोस् । भारत ताइवानमासमेत आफ्नो प्रभाव राख्‍नसक्छ भन्ने सन्देश दिन खोजिएको हो ।”

    बल्झियो सीमा विवाद 

    अहिले दुई मुलुकबीच वर्षौ पुराना सीमा विवादका समस्या बल्झिएका छन् । वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुबै देशले आफ्नो सैन्य उपस्थिति बढाइरहेका छन् ।  भारतले चिनियाँ नियन्त्रण रहेको गालवन घाटीमा गैर-कानुनीरुपमा रक्षासम्बन्धी निर्माण कार्यहरु बनाइरहेको आरोप लगाउँदै आएको छ । यसअघि लद्दाखको पैंगोंग त्सो झील नजिकै दुबै देशका सेनाबीच गोली हानाहानसमेत भएको थियो ।

    गत बिहीबार भारतको विदेश मन्त्रालयले एसएसीमा भएको पछिल्लो झडपप्रति प्रतिक्रिया दिँदै भनेको थियो, “भारत सामान्य पेट्रोलिङमा रहेको बेला चीनले समस्या उत्पन्‍न गरेपछि झडप भएको हो । हामी भारतको सम्प्रभुता र सुरक्षा सुनिश्‍चित गर्न पूर्ण प्रतिबद्ध छौं ।” विदेश मन्त्रालयको अभिव्यक्तिको एकदिनपछि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लद्दाखको स्थितिलाई स्वभाविभ भएको भन्दै लेहस्थित एक्सआईभी को मुख्यालय पुगेका थिए । चिनियाँ हरेक कदमको जवाफ दिन भारत तयार रहेकोसमेत उनले बताएका थिए ।

    तनावको कारण 

    सिंगो विश्व कोभिड-१९ को महामारीसँग लडिरहेको छ । यस स्थितिमा दुबै देशबीचको तनाव बढ्दै गएको छ ।  अतुल भारद्वाजका अनुसार अहिले चीन अन्तर्राष्ट्रिय दबाबमा छ । उनले भने, “अमेरिकाले अहिले कोरोना कारण चीनलाई टार्गेट बनाएको छ । अमेरिकाले चीनमाथि दबाब सिर्जना गरेपछि उसका अन्य सहयोगी राष्ट्रहरुलेसमेत चीनप्रति दबाब सिर्जना गराएका छन् । भारत पनि अमेरिकाको महत्वपूर्ण रणनीतिक साझेदार मुलुक हो । भारत अन्तर्राष्ट्रियस्तरमा आफ्नो पनि समर्थन छ भन्‍ने जनाउन चीनमाथि दबाब सिर्जना गरिरहेको छ ।”

    भारतले चीनसँगको सीमा समस्या समाधानका लागि पनि चीनलाई बाध्य पार्न ताइवान मामिला अथवा कोरोना भाइरसको उत्पत्तिको अनुसन्धानको विषय उठाएको छ । त्यसैगरी नेपालको नयाँ नक्सा सार्वजनिक प्रकरणमा समेत भारतले चीनको उक्साहटमा लागेको आरोप लगाउँदै आएको छ ।

    भारतले यो कुरा सेना प्रमुखलाई बोल्न लगाएको भारतीय विपक्षी नेता तथा विज्ञहरुले बताएका छन् । – बीबीसीको सहयोगमा 


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस