• The Public Today
  • प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ कोरोना संक्रमित थपिए


    जनकपुरधाम, जेठ १४ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    प्रदेश २ को सामाजिक विकास मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा  ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

    उनले भने “रौतहट ३५ जना, बारा ८ जना ,सप्तरी ११ जना र सिरहा २ जनामा  कोरोना संक्रमण देखिएको छ ।”

    मंगलबार यस प्रदेशमा ३५ जनामा कोरोना संक्रमण देखिएको थियो ।  प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस