• The Public Today
  • थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो


    काठमाडौं, जेठ १४ गते । नेपालमा आज थप  ११४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

    मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।

    त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा  २८ जना डिस्चार्ज भएका छन् । जसमा नारायणी अस्पतालबाट २१ जना, कोसी अस्पतालबाट ३ र सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट चारजना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुने संख्या १८३  पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस