• The Public Today
  • सिरहाका एसपीका सुरक्षागार्डमा देखियो कोरोना संक्रमण


    जनकपुरधाम, जेठ १४ गते । सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्वेदीका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    चतुर्वेदीका सुरक्षा गार्डलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिए ।

    आठदिन अघि सुरक्षा गार्डले पीसीआर टेस्टको लागि स्वाब लिइएको र बुधबार उनको रिपोर्ट पोजेटिभ आएको मौखिक जानकारी पाएको एसपी चतुर्वेदीले बताए । उनका अनुसार जानकारी पाए लगतै सुरक्षा गार्डलाई आइसोलेट गरिएको छ । –टुडेपाटी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस