• The Public Today
  • देशभर मौसम बदली, पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना


    जेठ १५ गते : बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले ९बिहीबार बिहान० मध्य क्षेत्रमा मौसम सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदली छ।

    विशेषगरी अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिमका केही स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

    ‘छिटफुट वर्षाको सम्भावना त अहिल्यैदेखि देखिएको छ,’ उनले भनिन्, ‘तर पनि विशेषगरी अपराह्नपछि नै वर्षाको सम्भावना छ।’

    मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भने पूर्वी भूभागनजिकै निम्न चापीय रेखा छ। साथै स्थानीय वायुको पनि प्रभाव छ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस