• The Public Today
  • कोरोनाबाट विश्वभर ३ लाख ५७ हजारको मृत्यु, ५७ लाख संक्रमित


    काठमाडौं, जेठ १५ गते । कोरोना भाइरसको महामारीबाट विश्वभर ५७ लाख ८९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७५ नयाँ संक्रमित थपिएका छन् ।

    यो सँगै संक्रमितको संख्या ५७ लाख ८९ हजार ५७१ पुगेको छ । यस्तै एकैदिन ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५७ हजार ४३२ पुगेको छ । २९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचार गराईरहेका ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छ ।

    अमेरिकामा हालसम्म १ लाख २ हजार भन्दा वढीको मृत्यु भएको छ भने १७ लाख ४५ हजार वढी संक्रमित रहेका छन् । यसैगरी ब्राजिलमा २ लाख १४ हजार संक्रमितमध्ये २५ हजार ६ सयको बढीको मृत्यु भएको छ ।

    यस्तै रसियामा ३ लाख ७० हजार संक्रमितमध्ये झण्डै ४ हजारको मृत्यु भईसकेको छ । यस्तै बेलायतमा २ लाख ६७ हजार संक्रमितमध्ये ३७ हजार वढीले ज्यान गुमाएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश
    ट्याग : #कोरोना कहर
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस