• The Public Today
  • कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड


    जेठ १५ गते : आर्थिक वर्ष ०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज (बिहीबार) संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् ।

    यो चालु आव ०७६/७७ को तुलनामा यो बजेट सानो हो । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याइएको थियो ।

    कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलव ४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाइने बजेटमा उल्लेख छ । यसैगरी आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिने अर्थमन्त्री खतिवडाले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस