• The Public Today
  • लकडाउनले न्यायिक प्रक्रियामा जान रोकिएकाहरुलाई एक महिनाको हदम्याद


    जेठ १५ गते : सर्वोच्च अदालतले लकडाउनका कारण न्यायिक प्रक्रियामा जान नपाएकाहरुका लागि लकडाउन खुलेपछि ३० दिनको हदम्यादको सुविधा दिने भएको छ ।

    सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले आज लकडाउनका कारण न्यायबाट नागरिक वञ्‍चित हुने अवस्था आएको भन्दै दायर रिटमा यस्तो फैसला सुनाएका हो ।

    बृहत् पूर्ण इजलासले कोरोना कोभिड १९ का कारण लकडाउन (बन्दाबन्दी) हुँदा मुद्दाको हदम्याद, म्याद र तारिखलगायत विषयमा अदालती कार्यविधिमा परेको अडचनलाई न्यायिक जानकारी लिएर ५२ पृष्ठ लामो फैसला गरेको हो । अदालतको यो फैसलासँगै अब लकडाउनका कारण न्यायी प्रक्रियामा जानबाट रोकिएकाहरुले लकडाउन खुलेको एक महिनाभित्र अदालत जाने बाटो खुलेको हो । बाह्रखरी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस