• The Public Today
  • धनुषाको जटही नाकामा मृत्यु भएको युवकको कोरोना रिपोर्ट ‘नेगेटिभ’


    जनकपुरधाम, जेठ १६ गते । भारतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा भोकको कारण मृत्यु भएका युवकको कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको छ ।

    बुधबार बिहान साढे ७ बजे जटही नकामा मृत्यु भएका धनुषाको सहिदनगर नगरपालिका ९ का ३० वर्षीय विरेन्द्र यादवको कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

    भारतको गुजरातबाट घर फर्किने क्रममा भोकै ६ दिन पैदल हिडेको कारण यादवको मृत्यु भएको उनका सहकर्मीहरुले दावी गर्दै आएका छन् । उनका सहकर्मीहरुका अनुसार मंगलबार राति भारतीय प्रशासनले ट्रकमा चढाएर उनीसहित झण्डै डेढसय नेपालीलाई जटही बोर्डरमा छाडेका थिए । बिहान सशस्त्र प्रहरीले च्युरा चाउचाउ खाँदा तत्कालै वान्ता भई यादवको जटही नाकामै मृत्यु भएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस