• The Public Today
  • कोरोना कहर : विश्वमा ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित


    एजेन्सी :  कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८ पुगेको छ भने, संक्रमितको संख्या ६० लाख ३५ हजार  ३५३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

    नेपाली समयानुसार शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २६ लाख ६२ हजार २९९ जना निको भएका छन्। । विश्वभरीमा ३० लाख ६ हजार १२६ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।

    हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ९३ हजार ५३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।  यस प्रकोपको कारण अमेरिकामा १ लाख ४ हजार ५४२ व्यक्तिको मृत्यु भएको छ ।

    दक्षिणमा अमेरिकामा ८ लाख ३९८  जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३८ हजार १८५ को मृत्यु भएको छ । युरोपमा १९ लाख ८७ हजार ३४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७२ हजार ५५९ को मृत्यु भएको छ ।

    एसियामा १० लाख ८४ हजार ८०८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने,  २९ हजार ७५२ जनाको मृत्यु भएको छ ।  अफ्रिकामा १ लाख ३७ हजार ५४४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ३ हजार ९४५ जनाको मृत्यु भएको छ ।  ओसियानामा ८ हजार ७९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ । –एएफपी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस