• The Public Today
  • लागूऔषधसहित सर्लाहीमा एक पक्राउ


    सर्लाही । सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले सर्लाहीकाे बिष्णु गाउँपालिका-६ सिमराबाट लागूऔषधसहित एक जनालाई शनिबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-४ बस्ने २७ वर्षीय फैइज आलम छन् ।

    ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार आलमलाई श‌ंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनकाे साथबाट एक्सीप्लोन नामक ६ बोतल लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएकाे छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस