• The Public Today
  • भारतीयद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास


    काठमाडौँ । सर्लाहीका विष्णु गाउँपालिका– पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपको क्रममा मानवीय क्षति भएको छैन ।

    ३०–४० जनाको भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ । भारतीय नागरिकको समूहले हुल बाँधेर प्रहरीको हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गरिएको सशस्त्रका प्रवक्ता प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

    भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको श्रेष्ठले बताए ।

    हवाई फायरपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको छ । सो क्षेत्रमा अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । रातोपाटी


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस