• The Public Today
  • प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टि


    वीरगञ्ज, जेठ १८ गते । प्रदेश २ मा आइतबार  बिहान  मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन् ।

    रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन ।

    त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन ।

    त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।-अनलाइनखबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस