• The Public Today
  • थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो


    काठमाडौं, जेठ १८ गते । नेपालमा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

    आइतबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५६७ पुगेको छ। संक्रमितमध्ये २२० जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् भने आठ जनाको मृत्यु भएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस