• The Public Today
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


    काठमाडौं, जेठ १८ गते । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।
    दैलेखस्थित दुल्लु नगरपालिकाका एक ३५ वर्षीय पुरुषको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन्।
    आइतबार राती बिहानपख बाजुराकी २ वर्षीय बालिकाको कोरोनाकै कारण मृत्यु भएको थियो।

    भारतबाट आफ्ना बुवा आमासहित आठ दिनअघि नेपाल आएकी ती दुई वर्षीय बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि बाजुरा जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखि उपचार गर्दागर्दै मृत्यु भएको डा. देवकोटाले बताए।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #कोरोना कहर
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस