• The Public Today
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४०८ पुग्यो


     जेठ १९ गते , एजेन्सी : भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार ४०८ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमणको संख्या एक लाख ९० हजार ६०९ पुगेको छ ।

    भारतमा गत चौबीस घण्टामा आठ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित नयाँ बिरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले गत चौबीस घण्टामा थप आठ हजार ३८० नयाँ संक्रमित फेला परेका जनाएको छ ।

    भारतमा कुल संक्रमित मध्ये ८६ हजार ९८३ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भारतमा कोरोनाबाट ‘रिकभर’ (सञ्चो) हुने दर ४७.७६ प्रतिशत रहेको बीबीसीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस