• The Public Today
  • रुकुम हत्याकाण्डको विरोधमा ढल्केवरमा प्रदर्शन (फोटोफिचर)


    ढल्केवर, जेठ १९ गते । पश्चिम रुकुमको चौरजहारी हत्याकाण्डको विरोधमा धनुषाको ढल्केवरमा प्रदर्शन भएको छ ।

    संयुक्त दलित संघर्ष समितिको आयोजनमा सोमवार ढल्केवरमा प्रदर्शन भएको हो । जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विकसहितको युवाको हत्या भएको भन्दै दलित अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    जेठ १० प्रेमिका लिन जाजरकोटबाट गएका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोती गाउँका गाउँलेहरुले आक्रमण गरेका थिए । गाउँलेहरुको आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

    सोहि घटनाको विरोधमा प्रदर्शन गरिएको दलित संघर्ष समितिका संयोजक मेघ बहादुर सेन्चुरीले बताए ।

    दोषीलाई कडा कारवाही गर, मान्छे मार्न पाईंदैन, मानव मानव एक हौं लगायतको नाराहरु उल्लेखित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ढल्केवर चोकस्थित शहिद स्मार्क पार्क अगाडी कोणसभाको आयोजना गरेका थिए ।

    कोणसभालाई विश्वकार्मा समाजका प्रदेश २ का अध्यक्ष मिन रहपाल, प्रदेश सदस्य लक्ष्मण बराईलीलगायतका वक्ताहरुले सम्वोधन गरेका थिए ।

    तस्वीरहरू : विजय कुमार सिंह


    क्याटेगोरी : फोटो फिचर, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस