• The Public Today
  • गरिबको चुलो बाल्दै बर्दिबासको जनसहयोगी युवा सञ्जाल


    बर्दिबास, जेठ १९ गते । जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले ५५ गरिव परिवारलाई खाद्यान्न वितरणका गरेकोे छ ।

    लकडाउनले रोगजारी गुमिएपछि गरिव तथा निमुखाहरुको चुलो निभेपछि युवाहरु सहयोग संकलन गरेर उनीहरुलाई खाद्यान्न बाँडेका हुन् । भान्छामा चामल, दाल पुगेपछि निभिएको चुलो बालेर गरिवहरुले खाना खान थालेका छन् ।

    चालम, दाल, खानेतेल, नुन, हातधुने साबुन, माक्स वितरण गरिएको सञ्जालका अध्यक्ष परमेश्वर महतोले जनाए । बर्दिबास नगरपालिकाको वडा नम्बर १, २, ७, १२, १३ र १४ का निमुखाहरुलाई घरघरमै खाद्यान्न पु¥याएको हो ।

    ‘लकडाउन बढ्दैं गएपछि निमुखाहरुको रोजगारी मात्रै गुम्यो । कमाई नभएपछि चामल, दाल, नुन, तेल किन्ने खल्तीमा रुपैंया नभएपछि चुलो निभेको हामीले देख्यौं,’सञ्जालका अध्यक्ष महतोले भने,‘भोकैले गरिवहरुको ज्यान गुमाउने अवस्था आउन नदिन घरघरमै हामी राहत पु¥याएका हौं ।’ गरिवकोहरुको घरमा खाद्यान्न पु¥याउन पाउँदा खुशी लागेको उनले बताए ।

    चामल ७ क्वीन्टल ६० के.जी, दाल ६५ केजी, साबुन ५५ पिस, तेल तीस लिटर, नुन ५५ के.जी, माक्स तीन सय पिस वितरण गरिएको सञ्जालका महासचिव सुरिन्द्र साहले जनाए । २ जना भएको परिवारलाई १० के.जी., चार जना परिवारमा १३ के.जी चामल, चार परिवार भन्दा माथिलाई १८ के.जी. चामल बाँडिएको उनले जनाए ।

    ५५ घरपरिवारलाई राहत वितरण गर्न कूल ५८ हजार ९३२ रुपैंया खर्च भएको सञ्जालका कोषाध्यक्ष ज्ञानेन्द्र महतोले बताए । रेडियो दर्पण बर्दिबास महोत्तरीका अध्यक्ष शंकर महतोको संयोजनमा कालिमाई जेनरल सप्लायर्स सिन्धुलीका संचालक सुजित साहले ३१ हजार २ सय बराबरको खाद्यान्न समाग्री सञ्जाललाई उपलब्ध गराएको थियो । ६ हजार बराबरको ३ सय पिस माक्स आरआर मिनि मार्केट बर्दिबासका धनी रुपेश महतोले सहयोग सञ्जाललाई गरेका थिए । राहत वितरणमा रकमको कमी भएपछि २१ हजार ७३२ रुपैंया सञ्जालमा आवद्ध युवाहरुले आफ्नो खल्तीबाट थप्दैं ५५ परिवारलाई खाद्यान्न बाँडिएको सञ्जालका कोषाध्यक्ष ज्ञानेन्द्र महतोले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस