• The Public Today
  • दक्षिण अमेरिकाको अवस्था चिन्ताजनक : डब्ल्यूएचओ


    जेठ २० गते : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अमेरिकी देशमा कोरोना संक्रमणको महामारी अझै फैलिन बाँकी रहेको चेतावनी दिएको छ । कोरोना संक्रमण उच्च दरमा फैलिरहेका बेला दक्षिण अमेरिकी देशले लकडाउन खुकुलो पार्दै गएपछि डब्ल्यूएचओले चेतवानी दिएको हो ।

    डब्ल्यूएचओका डा. माइक रियानले दक्षिण अमेरिकाको अवस्था कोरोनाका कारण अझै भयावह हुने बताएका बीबीसीले जनाएको छ ।

    मेक्सिकोमा कोरोनाले १० हजारको मृत्यु भइसकेको छ । तर दुईमहिनाको लकडाउन पछि उत्पादन तथा निर्माण कार्य गर्न सरकारले अनुमति दिएको छ ।

    ब्राजिलमा अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । तर यही देशमा साओ पाउलोलगायत केही सहमा लकडाउनमा छुट दिइएको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस