• The Public Today
  • आजमात्रै थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो


    काठमाडौं, जेठ २० गते । नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ।

    प्रदेश १ मा १६८, प्रदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

    प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #कोरोना कहर
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस