• The Public Today
  • सप्तरीमा जग्गाको विषयमा दुईपक्षबीच झडप, १५ जना घाइते


    सप्तरी, जेठ २१ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीगाउँमा जग्गाको विषयलाई लिएर बुधवार २ पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन् ।

    झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्थिति नियन्त्रण हुन नसकेपछि नेपाली सेना घटनास्थल पुगेको छ ।

    स्थानीय एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले गणेशी मण्डलको जग्गाको पिलर उखेलेपछि ५ दिनअघि भएको झगडाले बुधवार उग्ररुप लिँदा १५ जना घाइते भएका हुन् । घाइते हुनेमा  इद्रिस मन्सुरी, मो उस्मान, ताहिर मन्सुरी, मो मुख्तार, मनीर मन्सुरी, महबुद मन्सुरी, वीरेन्द्रप्रसाद यादव, सीताराम दास, सजन साह लगायत छन् ।

    दुवै पक्षले एकअर्कामाथि लाठी, ढुंगा र घरेलु हतियारले आक्रमण गरेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस