• The Public Today
  • प्रदेश २ मा थप ४४ जनामा कोरोना पुष्टी


    • शैलेन्द्र महतो

    जनकपुरधाम, जेठ २१ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४४ जना कोरोना संक्रमित थपिएका छन्।

    बुधबार आएको पीसीआर रिपोर्ट अनुसार ४४ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले जानकारी दिए। ती कर्मचारीका अनुसार सर्लाहीमा सबभन्दा बढी १३ जना संक्रमित थपिएका छन्। केही बेरमा अन्य जिल्लाका विवरण पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ।

    यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ५९ पुगेको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस