• The Public Today
  • लागूऔषध गाँजासहित ४ पक्राउ


    जेठ २२ गते : रौतहट, चेक जाँचका क्रममा रौतहट प्रहरीले २० किलो गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । रौतहटको मौलापुर चोकबाट जयनगर चोक तर्फ जाँदै गरेको बा ६४ प ९३०७ र ना ४५प ६३९४ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा दुबै मोटरसाइकलबाट झोलामा लुकाएको अवस्थामा प्रतिझोला १० किलोको दरले २० किलो गाँजा बरामद भएको प्रहरी निरीक्षक मेदनी साहले जानकारी दिए । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १२ पदमपोखरिका वर्ष १८ का अंकित लामा, २८ को विशाल लामा र १८ वर्षीय शागर लामा, वडा ११ का निरज लामा रहेका छन् ।

    बिहिबार आज बिहान ३ बजे ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले लागूऔषध गाँजासहित उनिहरुलार्ई पक्राउ गरेको हो । बरामद गाँजा, मोटरसाइकल र तस्कर चारैजना लाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाईएको छ ।

    पक्राउ चारैजना माथी लागूऔषध ओसारपसार सम्बन्धि मुद्दा दर्ता भइ थप प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस