• The Public Today
  • बारा र पर्साका १२ जना कोरोना संक्रमित डिस्चार्ज


    वीरगञ्ज, जेठ २२ गते । पर्सा र बाराका १२ जना कोरोना संक्रमित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७ जना घर फर्केका हुन् । दुवै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले फूलको गुच्छा दिएर, ताली बजाएर उनीहरुको विदाइ गरेका छन् ।

    लगातार दुईवटा पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएपछि पर्साका ३ जना र बाराका २ जना डिस्चार्ज गरिएको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक उदयनारायण सिंहले जानकारी दिए । बाराका दुवै नेपाली सेनाका सैनिक हुन् ।

    यस्तै बाराको कलैया अस्पतालको आइसोलेसनबाट ६ जना प्रहरी कर्मचारी र एक जना पत्रकार कोरोनामुक्त भएर घर फर्केका छन् । कलैयामा अझै ४३ जना संक्रमित उपचाररत छन् ।

    कलैयाको आइसोलेसन खाली नभएका कारण ७ जनालाई हाल आदर्श कोतवालमा राखिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस