• The Public Today
  • कोरोना कहर : विश्वभर तीन लाख ८६ हजारको मृत्यु, ६५ लाख बढि संक्रमित


    एजेन्सी : कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या ६५ लाख १३ हजार ३०१ पुगेको छ ।

    सबैभन्दा बढी अमेरिकामा १८ लाख ५१ हजार, ब्राजिलमा पाँच लाख ८४ हजार र रुसमा चार लाख ३१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

    विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन लाख ८६ हजार ९१ पुगेको छ । अमेरिकामा एक लाख सात हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । बेलायतमा ३९ हजार, इटालीमा ३३ हजार र ब्राजिलमा ३२ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

    अहिलेसम्म विश्वभर २८ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् । अमेरिकामा चार लाख ७९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् भने ब्राजिलमा दुई लाख ३८ हजारभन्दा बढी संक्रमित निको भएका छन् । रुसमा पनि निको हुनेको संख्या एक लाख ९५ हजारभन्दा बढी छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस