• The Public Today
  • प्रदेश २ : मर्यादापालकमा कोरोना देखिएपछि प्रदेशसभा बैठक स्थगित


    जनकपुरधाम, जेठ २२ गते । प्रदेश २ सभामा कार्यरत ५ जना सुरक्षाकर्मी एवं मर्यादापालकलाई कोरोना पुष्टि भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ।

    बुधबारदेखि सुरु भएको चौथो अधिवेशनको दोस्रो बैठक कार्यसूची अनुसार बिहीबार ३ बजे आह्वान गरिएको थियो। तर त्यहाँ कार्यरत ५ जना मार्यादापालक तथा सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएपछि बैठक अनिश्चित समयसम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

    चौथो अधिवेशन आह्वान गर्नु अघि प्रदेशसभाका सभामुख, उपसभामुख, सबै सांसद, कर्मचारी र सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको छ। सांसद र कर्मचारीहरुको पीसीआर रिपोर्ट मंगलबारसम्म आएको थियो। उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको थियो। तर बुधबार आएको रिपोर्टमा पाँचजना सुरक्षाकर्मी र मर्यादापालकमा कोरोना देखिएको हो।

    बिहीबार प्रदेश २ मा थपिएका १०२ जना मध्ये प्रदेश २ सभामा कार्यरत ५ जना मर्यादापालक र सुरक्षाकर्मी रहेका छन्।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस