• The Public Today
  • लकडाउनमा डिभिजन वन कार्यालय महोत्तरीले गरे यस्तो कार्य !


    • विनोद पौडेल

    बर्दिवास, जेठ २२ गते । महोत्तरीमा लकडाउनको अवधिमा वन संरक्षणका लागी भएका कार्य तथा उपलब्धि सम्बन्धि एक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

    डिभिजन वन कार्यालय महोत्तरीले बर्दिवासको माईस्थानमा आयोजना गरेको सो कार्यक्रममा लकडाउन अवधिमा वन संरक्षणका लागी भएका कार्य तथा प्राप्त उपलब्धिका बारेमा जानकारी गराएको हो ।

    कुल २३ हजार ४ सय ५५ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा लकडाउन अवधिमा मौका छोपी अवैध रुपमा चोरी, तस्करी तथा शिकारको क्रम बढ्दै गएपछि डिभिजन वन कार्यालय महोत्तरीले जिल्ला वन अधिकारीको नेतृत्वमा विशेष गस्ती टोलि परिचालन गर्दै आएकोमा हाल सम्म २ सय ४ क्यू फिटको ५८ थान सालको गोलिया, ६० क्यू फिटको चिरान गरिएको सालको काठ, २ क्यू फिटको कर्माको चिरान काठ सहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला वन अधिकारी हेमन्त साहले बताए । साथै वन क्षेत्र भएर बग्ने नदिबाट ढुङ्गा, गिट्टी तथा वालुवाको अव्यवस्थित दोहनलाई नियन्त्रण गर्ने प्रयास अन्तर्गत लकडाउन अवधिमा २ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिई ३० हजार रुपैयाँ जरिवाना गरिएको समेत उनले उल्लेख गरे ।

    वन संरक्षणका निम्ती सामुदायिक, साझेदारी वन तथा उपभोक्ता समिति लगायत सम्बन्धित सरोकारवाला संग अन्तकृया कार्यक्रम संचालन तथा राष्ट्रपति चुरे तथा तराई मधेश संरक्षण विकास समिति लगायतका कार्यक्रम संचालन गर्दै आएको डिभिजन वन कार्यालयले चुरे जलाधारको उपल्लो तट र प्रभावित तल्लो तट बिचको अन्योन्याश्रित सम्बन्ध कायम गर्न नदि प्रणालीमा आधारित योजना तर्जुमा देखी कार्यान्वयन सम्म संघ, प्रदेश र स्थानिय तहवीच सहकार्य र समन्वय गर्ने गरी रणनीति बमोजिम कार्य भइरहेको साहले बताए ।

    जहाँ बाटो त्यहाँ रुख, त्यसैले ल्याउँछ परम सुख भन्ने नाराका साथ डिभिजन वन कार्यालय महोत्तरीले सडक छेउमा वृक्षारोपण कार्यक्रम, नदि किनार, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण कार्यक्रम, संरक्षण पोखरी निर्माण तथा मर्मत सुधार, गल्छी पहिरो नियन्त्रण तथा हट स्पट ट्रिटमेन्ट जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस