• The Public Today
  • रुकुम घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिने


    काठमाडौं, जेठ २३ गते । रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने भएको छ।

    शुक्रबारको प्रतिनिधीसभा बैठकमा सभामुख अग्नि सापकोटाले घटनाको छानबिनका लागि संसदीय छानविन समिति गठन गरिने बताएका हुन्।  सभामुख सापकोटाले रुकुम पश्चिम घटनाकाबारेमा यसअघि पनि निरन्तर कुरा उठेकाले दलहरुसँग छलफल पश्चात विशेष समिति गठन गर्ने बताए।

    जेठ १० गते रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको नरसंहारको चौतर्फी विरोध भइरहेको छ। संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पटक–पटक संसदीय छानविन समिति गठनको माग गर्दै आएको थियो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस