• The Public Today
  • प्रदेश २ : क्वारेन्टाइन इन्चार्जमै देखियो कोरानो संक्रमण


    सप्तरी, जेठ २३ गते । सप्तरीमा एकजना स्वास्थय चौकी प्रमुखमा कोरोना संक्रमण देखिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित क्वारेन्टाइनका इन्चार्जमा कोरोना संक्रमण देखिएको हो ।

    वडा नम्बर ५ भाटिनका ५० वर्षीय हेल्थ असिस्टेन्टमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले पुष्टि गरे ।

    सप्तरीको सबैभन्दा बढी संक्रमित देखिएको बोदे बर्साइन नगरपालिकामा संक्रमितको सङ्ख्या योसहित २० पुगेको छ । यसअघि जेठ १५ गते उक्त नगरपालिका ५ स्थित चन्द्र नमूना माविको सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो ।

    जेठ १३ गते सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत असई संक्रमित भएका थिए । टुडेपाटी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस