• The Public Today
  • जनकपुरमा मध्यान्ह १२ बजेसम्म पसल खोल्न पाउने, भयो यस्तो सहमति !


    जनकपुरधाम, जेठ २३ गते । जनकपुरधाममा स्थानीय प्रशासन र व्यापारीबीच मध्यान्ह १२ बजेसम्म पसल खोल्ने सहमति भएको छ ।

    शुक्रबार बिहान व्यापारी र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच भएको छलफलले मध्यान्ह १२ बजेसम्म पसल खोल्ने मौखिक सहमति गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

    प्रजिअ निरौलाले ग्राहकहरुबीच दूरी कायम गर्ने र सेनिटाइजरको प्रयोगलगायत सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन हुने बताए ।

    सैलून, ब्यूटी पार्लर, सिनेमाहल, होटल र रेस्टुरेन्टहरुको हकमा हाललाई कुनै निर्णय नभएको र यथाशीघ्र यस क्लस्टर तर्फ पनि बिचार गरिने सहमति भएको धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष सलामत राईनले जानकारी दिए ।

    बिहीबार पसल खोलेको भन्दै प्रहरीले दुई जना व्यापारीलाई कुटपिट गरेको थियो । कुटपिट गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले कारबाही प्रक्रिया सुरु गरिसकेको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस