• The Public Today
  • ३३ लाख १२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित निको


    जेठ २४ गते : विश्वभर ३३ लाख १२ हजार भन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

    वर्ल्डओमिटरका अनुसार ६८ लाख २६ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएकोमा ३३ लाख १२ हजारभन्दा धेरै निको भएका छन् । ३ लाख ९८ हजार जनाको ज्यान गइसकेको छ ।

    सबैभन्दा धेरै अमेरिकामा १९ लाख ५३ हजार जनामा सङ्क्रमण देखिएकोमा १ लाख ११ हजार ४ सय जनाको ज्यान गएको छ, ७ लाख भन्दा धेरै निको भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा २९ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ भने १२ सय जनाको ज्यान गएको छ ।

    अमेरिकापछि पछिल्लो समय ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । ६ लाख ४५ हजार भन्दा धेरैमा सङ्क्रमण भएकोमा ३५ हजार भन्दा धेरैको ज्यान गएको छ । छिमेकी देश भारतमा पछिल्लो २४ घन्टामा ९ हजार ४ सय जनामा सङ्क्रमण देखिएको छ भने २ सय ८६ जनाको ज्यान गएको छ ।

    भारतमा कुल २ लाख ३६ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएकोमा ६ हजार ६ सय भन्दा धेरेको ज्यान गएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस