• The Public Today
  • धनुषामा करेन्ट लागेर एकको ज्यान गयो


    जनकपुरधाम, जेठ २४ गते । धनुषामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

    शनिबार धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया पूर्वारी टोलका ५० बर्षिय चन्देश्वर साहको मृत्यु भएको हो । खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।

    मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिनोद मण्डलले विद्युत प्राधिकरणको लापरबाहीका कारण साहको मृत्यु भएको आरोप लगाए ।

    शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस