• The Public Today
  • आगलागीबाट लाखौंको क्षति


    जेठ २४ गते : सङ्खुवासभाको चिचिला गाउँपालिकामा आगलागी हुँदा रु १८ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट चिचिला–४ का कर्णकुमार गुरुङको घर जलेर नष्ट भएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्व शेर्पाले जानकारी दिनुभयो ।

    खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा गुरुङको घर जलेर नष्ट भएको छ ।

    आगलागीले घरमा रहेको खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान जलेर नष्ट भएको अध्यक्ष शेर्पाले बताउनुभयो । शुक्रबार दिउँसो घरमा कोही नभएको अवस्थामा चुलोमाथि राखेको डोको झरेर आगो सल्केको पीडित गुरुङले बताउनुभयो ।

    घरमा मान्छे नभएका कारण समयमा आगो नियन्त्रण गर्न नसक्दा घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको पीडित गुरुङले बताउनुभयो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस