• The Public Today
  • नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ सय ३५ पुग्यो


    काठमाडौं, जेठ २४ गते ।  नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३२३५ पुगेको छ। संक्रमितमध्ये ३६५ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस