• The Public Today
  • पहिरो नियन्त्रणका लागि ६५० थान विरुवा रापियो


    बर्दिवास, जेठ २४ गते : महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित रातु खोला भन्दा पश्चिम पट्टीको खहरे खोल्सीमा पहिरो नियन्त्रणका लागि वृक्षारोपन गरिएको छ । डिभिजन वन कार्यालय महोत्तरीले उपलब्ध गराएको ६ सय ५० थान बिरुवा १५० जना गाउँलेको सहभागितामा रोपिएको वडा नम्बर– ३ का वडाअध्यक्ष राजन ढुङ्गानाले बताए ।

    रातमाटे पानी खोल्सी सामुदायिक वन क्षेत्रको खहरेखोल्सी र जनता माध्यमिक विद्यालय गौरीडाँडाको खाली जग्गामा बास, जामुन, कटहर, निम, लगायका वृक्ष रोपिएको हो ।

    बर्दिबास नगरपालिका वडा नम्बर –३ का वडा अध्यक्षको सक्रियतामा वृक्षा रोपन गरिएको हो । ठूली खोलसी, बेल खोलसी, पेरुङ्गे खोलसी र सनी खोलसीमा बासका विरुवा रोपिएको छ । पहिरो खस्न नदिन खोलसीहरुमा बासको बिरुवा रोपिएको हो ।

    डिभिजन वन कार्यालय महोत्तरीले चालु आर्थिक वर्षमा साँढे ८ लाख बिरुवा रोपिन लागेको छ । वृक्षा रोपनमा स्थानीय तह सक्रिय भएपछि चुरे संरक्षण प्रभावकारी बन्ने डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले जनाए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस