• The Public Today
  • कर मिनाहाको माग गर्दै वीरगन्जमा विरोध प्रदर्शन


    जेठ २४ गते : कर मिनाहाको माग गर्दै वीरगन्जमा नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ ।

    नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ ले लकडाउनमा जनतालाई सहुलियत दिनुपर्नेमा सरकारले उल्टै कर असुल्ल जारी गरेको सूचनाको विरोधमा शनिबार दिउँसो वीरगन्जको आर्दशनगर चौकमा १ घण्टा विरोध प्रर्दशन गरेको हो ।

    मध्यान्ह १२ बजेदेखि १ बजेसम्म गरेको विरोध प्रर्दशनमा सहभागि काँग्रेसका नेता कार्यकर्ताले लकडाउन अवधिभरीको कर, व्याज तथा बिजुलीको बिल माफ गर्नुपर्ने माग सहितको अंकित प्लेकार्ड लिएर प्रर्दशन गरेका हुन् ।

    सामाजिक दुरी कायम गरी उनीहरुले सरकार विरुद्ध प्रर्दशन गरेका हुन ।काँग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष बिजय सर्राफले लकडाउन अवधीभरको कर, बैंक ब्याज र विजुली विल माफ गर्नुपर्ने माग गरे ।

    विरोध कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापती अजय दुवेद्धी, पार्टीका युवा नेता एवं पूर्व सासद अनिल रुगंटा, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष श्याम पटेल लगायतको सहभागिता रहेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस