• The Public Today
  • अतिविपन्न परिवारलाई राहत वितरण


    जेठ २४ गते : लकडाउनका कारण समस्यामा परेका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

    शनिबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जनकपुर र धनुषा चेम्बर अफ कमर्सले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का गरीब, अति विपन्न र दैनिक मजदूरी गरि जीवनयापन गर्दै आइरहेका १ सय १ परिवारलाई राहत वितरण गरेको हो ।
    उनीहरुलाई चामल, दाल, आलू, प्याज, सोयाबीन र एक पोका नून राहत स्वरुप उपलब्ध गराइएको थियो ।

    राहत वितरण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, वाणिज्य बैंकका शाखा प्रबन्धक रञ्जिता झा, धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साह, बरिष्ठ उपाध्यक्ष सरोज मिश्र, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, चेम्बर अफ कमर्सका प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर लगायतकाहरुको उपस्थिति रहेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस