• The Public Today
  • १५ लाख रुपैयाँसहित अवैध कपडा बरामद


    जेठ २४ गते : भारतबाट नेपाल भि¥याउँदै गरेको १५ लाख नेपाली रुपैयाँसहित अवैध कपडा सशस्त्र प्रहरीबलले बरामद गरेको छ ।

    शनिबार विहान बारास्थित सशस्त्र प्रहरीबलले सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा बरामद गरेको हो ।

    कपडासँगै बोरामा लुकाई राखेको अवस्थामा उक्त बरामद गरिएको सशस्त्र प्रहरीका एसपी दिग्विजय सुवेदीले जानकारी दिएका छन् ।

    विहान ४ बजे गस्तीको क्रममा अमरपुर नहर नजिकै एकजना तस्करले गस्ती टोलीलाई हेरेर कपडा र रकम सहितको बोरा पोको फालेर भागेपपछि बरामद गरीएको एसपी सुबेदीले बताए ।

    बोरामा नगदसहित फेला परेको केही रेडिमेड कपडाको अन्दाजी बजार मुल्य ३३ हजार अनुमान गरिएको छ ।

    बारामा हुण्डी कारोवारी मौलाएको अनुमान गर्दै बरामद रकम र कपडा सम्बन्धित निकायमा बुझाउने सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस