• The Public Today
  • गौशालास्थित क्वारेन्टाईनमा ३ जनामा कोरोना संक्रमण


    जेठ २४ गते : महोत्तरीको गौशालामा दूई पुरुष र एक महिलामा कोरोना पोजिटिभ देखिएको छ । स्वाव संकलन गरि गरिएको पिसिआर परिक्षणको रिपोर्ट अनुसार गौशालास्थित त्रिभुवन मावि क्वारेन्टाईनमा रहदै आएका ३ जनामा कोरोना संक्रमणको लक्षण फेला परेको हो ।

    फेला परेकाहरुलाई आईसोलेनका लागि जिल्ला जनस्वास्थ्य कार्यालय जलेश्वर पठाउने तयारी भईरहेको क्वारेन्टाईन नगर संयोजक देवेन्द्र यादवले बताए । संयोजक यादवका अनुसार १० वटा क्वारेन्टाईन रहेको गौशाला नगरपालिकामा हाल २६७ जना रहदै आएका छन । शनिवार १७ जनालाई डिस्चार्ज गरेका छन ।

    त्यस्तै सोनमा गाउँपालिकाको एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । सोनमा गाउँपालिका वाडा नम्बर ३ मा रहेको क्वारेन्टाइनमा जनप्रतिनिधि र कर्मचारीको स्वाब संकलन गरि पठाईएकोमा सो कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएको सोनमा गाउँपालिकाको स्वास्थ्य संयोजक शिव शंकर यादवले जनाएको छ । २६ वर्षिय सो कर्मचारीलाई धनुषाको सपहिमा रहेको आइसुलेसनमा राखिएको छ ।

    यस्तै, जिल्लास्थित विभिन्न क्वारेण्टाइनमा रहेका पुरुष तथा महिला गरि ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये गौशला क्वारेन्टाइनका २२ बर्षिया १ महिला रहेकी छिन भने वाँकी ११ देखी ४४ बर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस