• The Public Today
  • गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, जेठ २५ गते । आइतबार बिहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेशका स्याङ्जा, वागलुङ, गोरखा, नवलपरासीका थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

    स्वास्थ्य  निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा, स्याङ्जाको वालिङ नगरपालिकामा २९, ४९, ३४, ५२, ३८, ३१, २४, २७, ४६, ३७, २१, १८, ३२ वर्षीय पुरुष्मा संक्रमण देखिएको हो । त्यस्तै स्याङ्जाकै भिरकोट नगरपालिका ४५ वर्षीय पुरुष, बागलुङको बडिगाड गाउँपालिका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, २६ र उमेर नखुलेका १ जना पुरुष र ढोरपाटन नगरपालिका २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

    यस्तै गोरखाको पालुङ्टार नगरपालिकामा १७ वर्षीय पुरुष र गण्डकी गाउँपालिकामा २५, ३२, २०, ४३, ३०, २०, २१, २१, २३ वर्षीय पुरुष समेत रहेका छन् ।

    त्यस्तै पूवी नवलपरासी (नवलपुर) को हुप्सेकोट गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन् । हुप्सेमा २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस