• The Public Today
  • नेपालमा एकैदिन १०२ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४६७


    काठमाडौं, जेठ २५ गते । नेपालमा आइतबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

    पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    प्रवक्ता देवकोटाका अनुसार योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ४६७ पुगेको छ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस