• The Public Today
  • जनता समाजवादी पार्टीमा नेतृत्व विवाद मिल्यो, यस्तो छ पदीय भागबन्डा !


    काठमाडौं, जेठ २५ गते । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष रहने भएका छन् ।

    सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृच्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

    दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेको छ । सहमतिअनुसार पार्टीमा पहिलो वरियतामा रहने भटट्टराई संघीय परिषद्को अध्यक्ष रहेनछन् भने दोस्रो वरियतामा रहेका ठाकुर र तेस्रो नम्बरमा रहेका यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन् ।

    चौथो नम्बरमा रहेका राजेन्द्र महतो र पाँचौं नम्बरमा रहेका अशोक राई वरिष्ठ नेता रहनेछन् ।

    बाँकी सबैको नाम मात्र पठाइने छ । सहमतिअनुसार जसपा नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग गएका छन् । पार्टी एकताको सहमति अनुसार निवेदन दर्ता गर्न आयोग जान लागेको जसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

    राजनीतिक दल सम्बन्धी ऐनमा एकिकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपि संलग्न गरेर आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । राजपा र सपाले पार्टी एकताको सहमति गरेको शनिबार ४५ दिन पुगेको थियो, तर अन्तिम दिन शनिबार परेकाले आइतबार निवेदन दिने पाउनेछन् ।

    ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको ४५ दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

    निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ । -अनलाइखबर


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस