• The Public Today
  • सिरहाबाट कटुवा पेस्तोल र लागूऔषधसहित एकजना पक्राउ


    सिरहा, जेठ २५ गते । सिरहामा कटुवा पेस्ताल तथा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

    सिरहाको लहान नगरपालिका ६ बाट सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्ताल र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने दिपेन्द्रकुमार यादव रहेका छन् ।

    उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सुरक्षा वेश लाहानबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

    विशेष सुचनाको आधारमा खटिएको एपीएफ टोलीले यादवको घरमा जाँच गर्दा उनको ओछ्यानमा ब्ल्याङ्केटले छोपी राखेकोे अवस्थामा उक्त कटुवा पेस्तोल तथा २८ वटा निट्राजेपाम ट्याब्लेट फेला परेपछि पक्राउ गरेको हो ।

    पक्राउ परेका यादवलाई एपीएफ टोलीले बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस