• The Public Today
  • यस्तो छ प्रदेश २ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


    जनकपुरधाम, जेठ २५ गते । प्रदेश नम्बर २ को प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

    आईतबार ३ बजे बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकका हुन् ।

    आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आईतबार प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारले कोरोनाका कारण रोजगार गुमाएका युवाका लागि ‘युवा स्वरोजगार तथा उद्यम विकास’ कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।

    स्वरोजगारका अवसर सृजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउन एवं वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाको ज्ञान, सीप, क्षमता र पूँजीलाई प्रभावकारी रुपमा उपयोग गर्न आवश्यक व्यवस्था गरिनेछ ।

    रोजगार सृजना गर्न स्थानीय तहसँगको सहकार्य र समन्वयमा घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रदेश अनुकुल लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    दलित तथा विपन्न वर्गहरुको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रदेशका आठ वटै जिल्लामा प्रदेश प्रमुख रोजगार कार्यक्रम संचालन गरिनेछ । साथै प्रदश प्रमुख नैतिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

    प्रदेश दलित सशक्तिकरण ऐनको कार्यान्वयनमा जोड दिदैं दलित विकास समिति र उच्चस्तरीय जातीय छुवाछुत अनुगमन समिति गठन गरिनेछ ।

    ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अझ परिस्कृत र सशक्त ढँगले अगाडि बढाइने छ । अभियान अन्तर्गत छोरी शिक्षा, छात्रवृत्ति, छोरी लोकसेवा तयारी कक्षा, आदर्श विवाह, साइकल वितरण र छोरीहरुको राज्य संरचना ५० प्रतिशत सहभागिताका लागि संरचनात्मक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    यस्तो छ प्रदेश २ सरकारको आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम (पुर्णपाठ)


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस