• The Public Today
  • नेपालमा कोरोनाबाट फेरि एकको मृत्यु


    काठमाडौं, जेठ २६ गते । कोरोनाले थप एकजनाको मृत्यु भएकाे छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

    पोखरामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टि गरेका छन् ।

    उनलाई गण्डकी प्रदेश, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइसोलेसनमा आइतबार भर्ना गरिएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस