• The Public Today
  • चीनमा भेटिए ६ नयाँ संक्रमित, पाँचजना बिना लक्षणका


    एजेन्सी : पछिल्लो २४ घण्टामा चीनमा कोरोनाभाइरसका ६ नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६ जनामध्ये पाँचजना संक्रमितमा कुनै लक्षण देखिएका थिएनन् ।

    रोयटर्सका अनुसार एकदिन अघि मात्रै तीन नयाँ संक्रमित भेटिएका थिए ।

    नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् ।

    जोन्स होपकिन्स युनिभर्सिटीको वेबसाइटमा भएको जानकारी अनुसार चीनमा ८४ हजार बढि संक्रमित भेटिएका छन् । यहाँ हालसम्म ४ हजार ६ सय ३८ को मृत्यु भइसकेको छ ।

    स्रोतः बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस