• The Public Today
  • ३ वर्षीया बालिकासहित ५जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, जेठ २६ गते । बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

    गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहका अनुसार हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो ।

    जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए । साहका अनुसार संक्रमित पुष्टि भएका सबै जना भारतबाट आएका हुन् ।अनलाइनखबर


    क्याटेगोरी : राष्ट्रिय, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस